काठमाडौँ । युवाहरूको जायज मागलाई केही बाह्य शक्ति र अराजक तत्वहरूले अपहरण गरी कम्पनीमा क्षती पुर्याएको चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले वताएका छन् ।
कम्पनीमाथि हालै भएका हमला र क्षतिको विषयमा गहिरो पीडा व्यक्त गर्दै उनले कम्पनीको सम्पत्तिमा अर्बौंको क्षति पुर्याएको बताएका हुन् ।
चौधरीले जारी गरेको सन्देशमा भनिएको छ, ‘विगत केही दिन हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा पीडादायी क्षण बनेका छन्।’ शान्तिपूर्ण रूपमा सुरु भएको युवा आन्दोलनलाई हुलदङ्गा गर्ने समूह र बाहिरी शक्तिहरूले हिंसा, लुटपाट र तोडफोडमा परिणत गरेको उनको आरोप छ।






