काठमाडौँ । काठमाडौमा जारी कर्फ्यु र निषेधाज्ञा शनिबारदेखि हटेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ ।








