ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका निस्कल राई निर्वाचित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते, १७:४२ बजे
इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका निस्कल राई निर्वाचित
17
SHARES
Share on FacebookShare on Twitter

इलाम ।इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका निस्कल राई निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई ९११ मतान्तरले पराजीत गर्दै राई ३५ बर्षको उमेरमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँलाई निर्वाचन प्रमाणपत्र वितरण गर्ने तयारी भईरहेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताउनुभयो ।

कांग्रेसका राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका नेम्बाङले मत १३ हजार ६ सय ३२ प्राप्त गर्नुभएको अधिकृत भण्डारीले बताउनुभएको छ । उहाँका अनुसार नेकपा एमालेका काजिमान कागतेले ११ हजार ९ सय ६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६० मत, र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले ७ हजार ६ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा सूर्याेदय नगरपालिका, माई नगरपालिकाका १, २, ३, ४, ५, ९ र १०, सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका छन् । एक लाख १२ हजार ३२० मतदाता रहेको यस निर्वाचन क्षेत्रमा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ उम्मेद्वार प्रत्यासी थिए ।

सो क्षेत्रमा ०७९ को चुनावमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ६४ मतान्तरले पराजीत गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको थियो । तत्कालिन नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकेर नेकपा (एमाले)का तत्कालिन जिल्ला अध्यक्ष महेश बस्नेत विजयी बन्नुुभएको थियो । बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत मत ल्याउनुभएको थियो । वि.सं २०५६ सालमा नेपाली कांग्रेसका बेनुपराज प्रसांईले जितेयता कांग्रेसको यो दोश्रो जित हो ।

व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति समेत हुनुहुन्छ । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नुभएका उहाँ पूर्वक्षेत्रीय सहसचिवसमेत भइसक्नुभएको छ ।

शंकरदेव क्याम्पस, काठमाडौंमा लामो समय अध्यापन गराउनुभएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ इलामका विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएका उहाँ अध्ययन, अनुसन्धान, समाज सेवा, प्रशिक्षण, शैक्षिक तथा वित्तीय संस्थाको अनुगमन र मूल्यांकनसँगै निरन्तर राजनीतिमा सक्रिय छन् । यही निरन्तरताको परिणामस्वरूप, ३५ वर्षको उमेरमै उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

उहाँले कृषि, पर्यटन, व्यवसायलाई केन्द्रित गरेका योजनाहरू अघि सार्नुभएको छ । ‘इलाम पहिलेदेखि नै पौरखी र परिश्रमी सीपहरूले भरिएको जिल्ला हो, यसलाई मैले अझै राम्रोसँग इलम गर्न सकिने जिल्लाको रुपमा विकास गर्छु । क्षेत्र १ मा मेरो यसैलाई केन्द्रित गर्ने प्राथमिकता हुन्छ ।’ राईले भन्नुभयो ।–––

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist