काठमाण्डौं । नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ति अमेरिाकाले फिर्ता दिएको छ। उमा महेश्वरको मूर्ति नेपालबाट चोरि भएर अमेरिका पुगेको थियो ।
कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको थियो।
नेपालको ललितपुर पाटनबाट ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो।
उक्त मूर्ति फिर्ता भएपछि राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गरे।