काठमाडौँ । आज सिंहदरबारस्थित परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबी भेटवार्ता भएको छ ।
मन्त्री खड्का र राजदूत होउबीच विविध विषय साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्का र होउबीच के–के विषयमा कुराकानी भयो भन्ने बारेमा मन्त्रालय केहि जानकारी दिएको भने छैन् । नेपाल सरकार सँग केहि समय अगाडि चीन सरकार केहिहद रिसाएको थियो । नेपालले आफ्नो हुम्लामा सीमा मिचिएको भन्दै कमिटी गठन गरेपछि चीन नेपाल सँग केहि खिन्न भएको थियो ।
देउवा सरकारलाई मिचिएको सिमामा कमिटी गठन गरेर सिमा मिचिएको वा नमिचिएको भन्ने बारे गृह मन्त्रालले रिर्पोट बुझाई सकेको मन्त्रलयले जानकारी दिएको छ ।