काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले २१ लाख ४८ हजार सर्वसाधरणलाई खालीहात फर्काउने पक्का भएको छ ।
असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर यहि साता भित्र बाँडफाँट हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले भोली मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जानकारी दिएको छ ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो । कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ जनाले आवेदन दिएका थिए । यो आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।
२ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता शेयर पाउनेछ भने, बाँकी २१ लाख ४८ हजार आवेदक खाली हात फर्किने छन् ।