धनकुटा । धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० आहालेका नेपाली कांग्रेसका सभापती स्वर्गीय झगेन्द्र राईलाई पार्टीको चार तारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।
धनकुटाको आहालेबाट धरान तर्फ गत कार्तिक २ गते साझ आउदै गरेका राईलाई बाढीले बगाए पछि बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा हिजो साझँ बैरे खोलाको बगाएर उनलाई मृत अवस्थामा फेला परेका थिए । आफन्त जन र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा खोलाको किनारमा उहाँको सब फेला परेको थियो । सब एक दिन पछी मात्र भेटिएको खोजतलासमा खटेका प्रहरीले जानकारी दिएका थिए ।
राईलाई धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्ट माटप गरी धरानको हरीयाली जंगलमा नेपाली कांग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्यष्टि गरिएको छ ।