धनकुटा । अविरल रुपमा परेको बर्षासगैं आएको बाढी पहिरोबाट धनकुटा जिल्लामा ठूलो मात्रमा धनजनको क्षती भएको छ ।
वर्षासगैं आएको बाढी पहिरोले धनकुटामा ठूलो धनजनको क्षती गरेपछि नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती प्रकाशित गरी सरकारको गम्भिर ध्यानार्कषण गराउदै पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनमा माग गरेको छ ।
वर्षाका कारण धनकुटामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ज्यान गुमाउनेहरुमा सागुरीगढी गाउपालिका वडा नं. १० का कांग्रेस वडा सभापती झगेन्द्र राई र चौविसे गाउपालिका वडा नं. ६ बुधवारेमा क्रियाशिल सदस्यहरु भेषराज श्रेष्ठका बुबा, छोरा छोरी र आफन्तजन समेत ७ जना गरी जम्मा ८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी आधा दर्जन भन्दा बढी घाईते भएका छन् ।
बेमौसमी वर्षाले धनकुटाको विभिन्न स्थानहरुमा घर पशु तथा बाली नष्ट गर्दा अरऔं रुपैया वरावरको क्षती भएको नेपालीकांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई तत्काल राहत उपलब्ध गराउन, घाईतेहरुको निशुल्क उपचार गर्न र घरवाहर विहिन भई विस्तथापित भएकाहरुलाई अभिलम्भ पर्नुस्थापित गराउन र कृषकहरुलाई उचित राहत उपलब्ध गराउन सरकार समक्ष माग गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
बाढी पहिरोबाट धनकुटा जिल्लाभरी क्षतीको वितरण संकलन गर्न र राहत तथा उदार कार्यमा सक्रियता पूर्वक सहभागी भई विपतमा महत्वपूर्ण र अविस्मणीय योगदान दिन हुन, सवै मातहतका समितिहरुमा रहनु भएका कांग्रेस नेता तथा कार्यकर्ताहरु लगायत समस्त कांग्रेसजनहरुमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले हार्दिक अपिल समेत गर्नु भएको छ ।