इनरुवा । नेपाली काङग्रेसको १४ औं महाधिबेसन अन्तर्गत सुनसरीको सभापतिमा पदमा उमेदवारी दिएका केदार भण्डारीले पार्टीको संगठन सुदृढ गर्न सक्नेलाई मतदान गर्नका लागि आग्रह गरेका छन् ।
सभापति पदका उमेदवार भण्डारीले संचारकर्मीसंगको कुराकानीका क्रममा पार्टीको संगठन निर्माण, सुदृढिकरण र पार्टीलाई एक ढिक्क बनाएर लैजान सक्ने व्यक्तिलाई मतदान गर्नका लागि आग्रह गर्दै तानाशाह प्रबृतिका व्यक्तिहरुबाट सचेत रहनका लागि आग्रह गरेका हुन ।
कुनै किसिमको लोभ लालच र भडकाउमा नपरेर सहित र सफलता पूर्वका नेतृत्व गरिरहेका व्यक्तिलाई उनले मतदान गर्नका लागि अग्रह गरेका छन् । टिपेर ल्याइ दिएको जिम्मेवारी पुरा गर्ने व्यक्ति भन्दा पनि केही बोल्न सक्ने तथा केही गर्न सक्ने क्षमता भएका व्यक्ति आएको खण्डमा ५ बर्ष सम्म पार्टी नै नबोल्न सक्ने भएकाले त्यस तर्फ ध्यान दिनका आफूलाई मतदान गर्नका लागि भण्डारीले अग्रह गरेका छन् ।
पार्टी भित्रका कार्यकर्ताले दुई कार्यकाल सचिव पद चलाउनका लागि दिएको जिम्मेवारी सफलता पूर्व निर्वाह गरेका कारणले एक पटक सभापतिको जिम्मेवारी पुरा गर्नका लागि दिन मतदाता समक्ष आग्रह समेत गरेका हुन ।
उनले राजिव कोइरालाको नेतृत्वमा सचिव हुदा कोइरालाको आदेश तथा निर्देशनमा पार्टीलाई जिल्लामा मजबुत पार्नका लागि उल्लेखय भुमिका निर्वाह गरेकाले एक पटक जिल्ला सभापति पदको जिम्मेवारी पार्टी भित्रका मतदाताले दिएको खण्डमा थप पार्टीलाई मजबुत बनाएर लैजनाका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने दाबी गरे ।
राजिव कोइरालाको कार्यकालमा आफू सचिव हुदा पार्टी कार्यालयको भवन निर्माण, संगठन निर्माण र जिल्लामा पार्टीलाई गत निर्वाचनमा बिभिन्न तह जिताउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको दाबी गरेका छन् ।
सभापति पदका उमेदवार भण्डारीले जिल्लामा सचिव हुदा गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा ३ वटा संघीय सांसद, २ वटा प्रदेश संसद र ९ वटा स्थानीयतहको निर्वाचन जिताउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका कारणले सभापतिमा बिजयी भएपछि पार्टीलाई जिल्लामा थप मजबुत पार्नका लागि आफूले महत्व पूर्ण भुमिका निर्वाह गर्ने दाबी गरेका हुन ।
आफूलाई पार्टी सभापतिमा मतदान गर्नका समेत सभापति पदका उमेदवार भण्डारीले आग्रह गरेका हुन ।