भरतपुर । नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनमा मतदान भइरहेको छ ।
विहान ८ बजेसम्म मतदान गरिसक्ने भनिएको भए पनि मतदान गर्ने प्रतिनिधिको लाईन अझै लामो छ । मतदान अझै केही घण्टा चल्ने बताईएको छ ।
गए राति २ बजेदेखि नै मतदान सुरु हुने भनिएको भए पनि प्राविधिक व्यवस्थापनको कारण झण्डै २ घण्टा पछि मात्र मतदान सुरु भएको थियो । महाधिवेशनमा मतदानको लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ ।
मेसिन प्रयोग गरिएकाले मत परिणाम भने छिटो आउने छ । आजै मतदान सकिएपछि मतगणना गरेर परिणाम सार्वजनिक गर्ने तयारी भएको छ । आज निर्वाचनको सबै काम सकिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
एमाले महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केही क्लस्टरका केन्द्रीय सदस्यको लागि मतदान हुँदै छ । अन्य पदमा भने सर्वसहमति जुटिसकेको छ ।