काठमाडौं । नेपालमा सबैभन्दा ठूलो ६ सय एमबीपीएस गतिको इन्टरनेट वर्ल्डलिंक ल्याएको छ । वर्ल्डलिंकले आफ्ना उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिन यो प्याकेज ल्याइएको जानकारी दिएको छ ।
यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने कम्पनीले जानकारी दिएको छ । योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस रहने छ । कम्पनीका अनुसार उपभोक्ताले पहिलो पटक यति धेरै एमबीपीएस सहितको नेट पहिलाको भन्दा पनि सस्तो मूल्यमा प्रयोग गर्ने अनुभव गर्न पाउने छन् ।
यो सेवा अब वार्षिक १४ हजार ४०० रुपैयाँ तिरेलगातै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोत्ताले उपभोग गर्न पाउनेछन् ।
१५० एमबीपीएस गतिको इन्टरनेट पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।