काठमाडौं । दिन आज देश भरी धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । यो पर्व धान्य पूर्णिमाको अवसरमा धानको विधिपूर्वक पूजा आजा एवं दान गरि मानाईन्छ ।
मङ्सिरमा भित्र्याको धानलाई शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा यस योमरी पूर्णिमा मा गर्ने चलन रहेको छ ।
यस योमरी पूर्णिमा नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले हर्षोल्लासका साथ मनाउने गर्दछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।
यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्दछ ।
नेवार समुदायको यसलाई ठूलो चाडका रूपमा मनाउने गर्दछन् । यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि यस समुदायले लिने गर्दछन् । आजको दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ योमरीका नयाँ परिकार बनाएर खाने गर्दछन् ।
नेवार समुदायले बिहान सबेरैदेखि नुहाइधुवाइ र घर लिपपोत गरेर धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरी योमरी पकाइने प्रचलन छ ।
यस्तै आजै सुनुवारको फोलस्यादर, याक्खाको चासुवा, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम पर्व पनि धुमधामसँग मनाइँदैछ ।