इटहरी । गुट–उपगुट त्यागेर एकताबाट पार्टीको संगठनलाई अगाडी बढाउनुपर्ने मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् ।
इनरुवा सुनसरीमा बधाई तथा शुभकामना कार्यक्रम उनले यस्तो अभिव्यत्त दिएका हुन् । उनि उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थिए । कोइरालाले कांग्रेसको १४ औं महाधिवेशन बाट नेतृत्वमा आएकाले पार्टीको संगठनलाई बलियो बनाउनका लागि गुटलाई छाडेर एकताबाट अगाडी बढनुपर्ने बताएका छन् ।
कोइरालाले नेतृत्वमा आएका उम्मेदवारहरलाई गुटलाई पछाडि राखेर एकताबाट पार्टीको संगठनलाई मजबुत बनाउँदै आउँदो स्थानीय, प्रदेश र संघीयको निर्वाचनमा एक ढिक्का भएर लाग्न समेत आग्रह गरेका छन् । उन्ने मनमुटाव नगरी सहमति, सहकार्य र एकताबाट अगाडी बढ्नुपर्ने र कांग्रेसका उम्मेदवारहरुलाई जिताउने जिम्मेवारी सबैको काँधमा आएको जानकारी दिए ।
एकताको मुलमन्त्रलाई अंगालेर अगाडी बढ्नुपर्ने र सुनसरी जिल्लाबाट चारजना केन्द्रीय सदस्यमा निर्वाचित भएकाले सुनसरीले इतिहास रचेको भन्दै अब विकास निर्माणको कार्यसँगै पार्टीको सवालमा एकजुट भएर लागिपर्ने बताए ।