काठमाडौं । जल तथा मौसम विज्ञान विभागको अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि चिसो बढेकोले सबैमा चिसो बाट बच्न आबस्यक सर्तक अपनाउनुहुन अनुरोध गरेको छ ।
चिसो बढेका कारण अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भैरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको केहि अग्ला स्थानमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले त्यस्तोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।