काठमाडौं । कोभिड–१९ को संक्रमणलाई फैलिँदै गएपछि काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ लागु भएको छ ।
कोरोना संक्रमणलाई फैलिँदै गएपछि मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन स्मार्ट लकडाउन कार्यविधि अनुसार १८ बुँदे आदेश जारी गरेका हुन् ।
उक्त आदेशामा अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । स्वास्थ्यसम्बन्धी मापदण्डको सबैले अनिवार्य पालना गर्नुपर्नेछ ।
स्मार्ट लकडाउन कार्यविधि अनुसार १८ बुँदे आदेशमा आउँदो माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन ।
बढी मानिसको उपस्थितिमा कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायत कार्यहरू गर्न नपाईने कुरा उल्लेख गरीएको छ ।
जनजीवन सहज बनाउँन तथा आर्थिक् गतिविधिलाई निरन्तरता दिनको लागि नयाँ मोडालिटी ‘स्मार्ट लकडाउन’ नीति ल्याइएको हो । सार्वजनिक सवारीसाधनहरूको हकमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाईने यात्रुहरुले मा मास्क नलगाई यात्रा गर्न पाउने छैन ।







