रुसी सैनिकहरु युक्रेनको संसद केन्द्रीय इलाका बाट नौ किलोमिटरको दुरीमा पुगेको छन् । रुसी सैनीक युक्रेनको राजधानी किभमा प्रवेशगरी उत्तरी अहिले क्षेत्र अबोलोनमा छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफूहरुलाई पश्चिम शक्तिले एक्लै पारेको गुनासो गर्दै किभ छोडेर कहीँ पनि नजाने वचनबद्धता व्यक्त गरेका छन् । उनले द्वितीय विश्वयुद्धपछि सबै भन्दा भिषण यूद्ध भएको बताए । जेलेन्स्की आफूलाई रूसले लगातार आक्रमण गरिरहँदा नेटो लगायत कतैबाट सहयोग नमिलेपछि यस्तो धारणा व्यक्त गरेका हुन् ।
जेलेन्स्कीले युक्रेनले गरेको हमलामा आफूँ सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिनेमा कोशिस गरिरहेको बताए । अहिले राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानीमा प्रवेश गरेका रुसी सैनलाई युक्रेनी सैनिकले रोक्ने प्रयास गरेका छन् । रूसले युक्रेनका बइौँ शहरमा ध्वस्त पारी सकेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रूसी सेनाको हस्तक्षेपको विरोध गरे पनि अमेरिकी सेना त्यहाँ नजाने बताएका छन् ।