सुर्खेत । कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
शनिवार सुर्खेतमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोन्धन गरेका अध्यक्ष लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताए । राप्रपाको शक्ति कति छ भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुने बताए ।
स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनको भनाई थियो । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको पनि बताए ।