इलाम । कुमारी बैङ्क लिमिटेडको २१ औं वार्षिक उत्सबको उपलक्ष्यको अवसरमा कुमारी बैङ्क फिक्कल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा वित्तिय साक्षरता बारे जानकारी दिइएको थियो। सुर्योदय नगरपालिकाको वडा नम्बर १० मा रहेको फिक्कल मा.वि.का कक्षा ११ र १२ को विद्यार्थीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा बोल्दै फिक्कल शाखाका शाखा प्रबन्धक केशव गौतमले वित्तीय साक्षरताको फाइदा र अहिलेको अवस्थामा बचतको महत्वको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए। शाखाका सहायक कर्मचारी शैलेस नेपालले बैङ्कको महत्व र शेयर बजारको महत्वको जानकारी गराएका थिए । सोही कार्यक्रममा अर्को वक्ता रोजीना नेपालले कुमारी बैङ्क र नेपालमा बैङ्कहरुको विकासको बारेमा सहभागीहरुलाई जानकारी गराएकी थिईन ।