काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।
ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्याे । खेलको ५५औं मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्याे ।
जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाए सातौं स्थानमा छ । यता, चार खेलमा चार अंक जोडेको साउथह्याम्पटन १४औंं स्थानमा छ ।
अर्काे रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डले ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित निकाल्यो ।
जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्माघाति र जोआचिम एन्डरसनले २१औं मिनेटमा गोल गरेपछि प्यासेस पहिलो हाफमा २–० अघि रह्यो ।







