काठमाण्डौं २२ साउन । आगामी भदौमा १४औं महाधिवेशन सम्भव नरहेको जानकारी दिदै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।
पार्टी भित्रको समस्या र विवादले गर्दा आउदो भदौ मा महाधिवेशन सम्भव नहुने बताए । उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुन्छ ।’ महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनको भनाइ छ ।
कोइराला आफू फरक प्रसंगमा मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।
कोइराला भन्छन् ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु‚’ उनले थपे‚ ‘संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’