काठमाडौं २३ साउन । कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको अवस्थामा विद्यार्थीहरुको जीवन प्रति खेलवाण गर्न नहुने उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताउनुभयो ।
मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको कुरा जानकारी दिनु भयो ।