काठमाण्डौं २३ साउन । जलवायु परिवर्तनको वैज्ञानिक चेतावनी संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले जलबायु परिवर्तनको पक्षलाई लिएर अहिलेसम्मकै महत्वपूर्ण र चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् ।
यहि आउदो सोमबार विश्वभरका अनुसन्धानकर्ताहरुले अध्ययनको एकीकृत प्रतिवेदन सार्वजनिक हुनेछ । सो प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल जलवायुमा भएको वा आउँदा दिनको अवस्थाबारे विस्तृत विवरण उल्लेख हुने कुराको जानकारी गराईने छ ।
जता ततै बढीरहेको डढेलो तथा विनाशकारी बाढीका कारण विश्वका विभिन्न देशका अनुसन्धानकर्ताहरु जलवायु सम्बन्धी महत्वपूर्ण अध्ययनलाई निष्कर्ष दिन छलफलमा जुटेका थिए । यो इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले सो प्रतिवेदन तयार पारेको हो ।
सन् २०१३ विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक हुन लागेको कुरा आइपीसीसीले जानकारी दिएको छ । वैज्ञानिकहरुले आफ्नो अध्ययनले पत्ता लगाएका कुराहरुको अध्ययन लाई एकीकृत गरि यो प्रतिवेदन तयार पारेका हुन् ।
विश्वका १९५ देशका प्रतिनिधिहरु सहभागी भएर भर्च्युअल माध्यमबाट भएको छलफलपछि तयार निष्कर्षसहितको अध्ययन प्रतिवेदन सरकारहरुका लागि ‘वेक–अफ कल’ हुने बताइएको छ ।
अनुसन्धानकर्ताहरुले यो छलफलबाट ४० पृष्ठ लामो अध्ययनको सारसंक्षेप सार्वजनिक गर्ने तयारी गरेका हुन् । सो सारसंक्षेपसहितको प्रतिवेदन आउँदो नोभेम्वरमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनका लागि ग्लासगोमा भेला हुने विश्वका नेताहरु तथा योजनाकारहरुका लागि निर्देशक बन्ने अपेक्षा छ ।
सोमबार सार्वजनिक हुने प्रतिवेदन छोटो भए पनि अहिलेसम्मकै गम्भीर चेतावनी युक्त हुने आँकलन अनुसन्धानकर्ताहरुको अनुमान छ ।
३० वर्षमा यता विश्वभर तापमान वृद्धि चिन्ताजनक रुपमा भइरहेको अवस्थामा आइपीसीसी समस्याको वैज्ञानिक बुझाइलाई एकीकृत, प्रभाव मूल्यांकन तथा समाधानका विकल्पहरुको खोजी गर्ने महत्वपूर्ण माध्यम बनेको छ।
यो वर्षको प्रतिवेदन अमेरिका र क्यानडामा अत्यधिक गर्मी तथा जर्मनी, बेल्जियमसहित युरोपका देश तथा भारत, नेपाल, चीनसहितका एसियाली देशमा भारी वर्षा र बाढीका घटनाहरुको पृष्ठभूमिका सार्वजनिक हुँदैछ।
मानवीय कारणले भएको तापमान वृद्धि कारक रहेको हुन सक्ने भन्दै विभिन्न क्षेत्रबाट प्रश्नहरु गरिएका छन् । प्रतिवेदनमा तापमान वृद्धिको तितो यथार्थ र गम्भीर हुने जलवायु परिवर्तनको वैज्ञानिक संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले चेतावनी दिएकोे छ ।