काठमाडौँ २९ साउन । मानिस जीवन पछिको सबैभन्दा बढी चेतनशील र चलाख प्राणी डल्फिन हो । अहिले आएर डल्फिनको अस्तित्व नै धरापमा परेको छ ।
मानिसहरुले नै डल्फिनलाई मार्न थाले पछि यस्तो संकट उत्पन्न भएको हो । डल्फिन मार्नकै लागि मानिसले बल्छी र जाल थाप्ने काम गरिहेका छन् । यसरि डल्फिन मर्न थालेपछि नेपालमा यसको अस्तित्व झन् सङ्कटमा परेको छ ।
नेपालमा कर्णाली, कोसी तथा नारायणी नदीका सहायक नदीमा डल्फिन पाइने गरेको छ । व्र्खाका बेलामा केहि नदीहरुमा डल्फिन सहजै देख्न सकिन्छ । कोसी तथा नारायणीमा भने त्यति सहजै देख्न सकिदैन् । २०५८ सालमा कर्णाली नदी र यसका सहायक नदीमा डल्फिन पाइने कुरा प्रमाणित गरिएको थियो । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले भन्छन् बर्खाका बेला यी नदीमा १२० वटासम्म डल्फिन देख्न सकिने छ ।
डाइनोसरको पाला देखि रहेको यो डल्फिनलाई नेपाल सरकारले जोगाउन सक्छ या सक्दैन भन्ने दुविधा बढ्न थालेको छ । हालसम्म पृथ्वीमाआफ्नो अस्तित्व कायम गरिरहेको यो जीवलाई नेपाल सरकारले संरक्षित प्राणी घोषणा गरेको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (साइटिस)ले यसको व्यापार कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले अति सङ्कटापन्न जीवका रूपमा सूचीकृत गरेको छ ।
कर्णाली नदीमा बर्खामा ठूलो बाढी आउने भएकाले बच्चा हुर्काउन फोथी डल्फिनहरु सहायक नदि तिर जाने गर्छन् । र त्यहि सहायक नदीमा विचरण गर्ने तथा आहार खोज्ने गर्छन् । नदीमा बर्खा आएकै बेला बेला स्थानीय तहबाट माछा मार्नका लागि ठेक्कामा लगाउने गरिँदा ठेकेदारको लापरबाहीले डल्फिन जाल तथा बल्छीमा परेर मर्ने गरेको पाइन्छ ।
सरकारले सङ्कटापन्न स्तनधारी जीव डल्फिनको संरक्षणका लागि पाँच वर्षे कार्ययोजना पनि ल्याएको छ ।
२०२१ देखि २०२५ सम्म डल्फिनको बासस्थान सुधार, सचेतना अभिवृद्धि, डल्फिन पाइने नदी प्रणालीको पानी प्रदूषण नियन्त्रण, स्थानीय समुदायको सक्रिय र प्रभावकारी सहभागी तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थासँग समन्वय एवं साझेदारी बढाउने कार्यक्रमका साथ कार्ययोजना ल्याइएको ल्याएपनि त्यसको राम्रो व्यवस्थापन भने हुन नसकेको निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यका भन्नुहुन्छ ।
कार्ययोजनाअनुसार डल्फिनको सङ्ख्या, आहार प्रजाति माछाको उपलब्धतालगायतका विषयमा अध्ययन पनि गरिने भएको छ ।
नदी छेउछाउमा रहेका उद्योगबाट निस्किने रासायनिक विषादी सोझै नदीमा मिसाउने प्रवृत्तिले गर्दा पनि डल्फिन सुरक्षामा गम्भिर समस्या आएको छ ।
आचार्य भन्छन् ‘माछा मार्न प्रयोग गरिने विषादी र पानीमा करेन्ट छाड्ने क्रियाकलापले डल्फिन धमाधम मर्ने गरेकोले यस्ता कार्य रोक्न सचेतना आवश्यक भएको बताउनुभयो ।
माझी समुदायले डल्फिनलाई कुलदेवता तथा देवीका रूपमा पनि लिने गरेका छन् । जाल तथा बल्छीमा फसेर मरे पनि माझी समुदायमा डल्फिनको मासु खाने प्रचलन छैन ।
डल्फिन पाइने कैलालीका नदीहरूमा डल्फिनमैत्री तटबन्ध निर्माण गरिरहेको सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले बताउनुभयो ।