काठमाडौं ३० साउन । वरिष्ठ नेता माधब कुमार नेपालले आत्मालोचनासहित गत फागुन २३ पछिका निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार भएमात्र एमाले पार्टि नफुटाउने सम्भावना रहेको जानकारी गराएक छन् । नेपालले भनेका छन् ‘अन्तिम समयसम्म ओली नसच्चिए माधवकुमार नेपाल समूह बृहत कम्युनिष्ट निर्माणको रणनीतिमा जुटेको जानकारी दिएका छन् ।
माधव नेपालले भने ‘एकलौटी रुपमै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान अधिवेशन गर्ने संस्थापन पक्षको निर्णयले पार्टी एकता थप संकटमा परेको ठहर गरेका छन् । ओली पक्षलाई काउन्टरस्वरुप देशभर समानान्तर गतिविधि सञ्चालनमा नेपाल पक्षले जोड दिँदै आएको छ ।
अझै पनि एकताका लागि १० बुँदे सहमति समेत कार्यान्वयन हुन सकेको छैन । एकअर्को लाई आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । दुवै भन्छन् एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।
नेपाल पक्षले ओली पक्षलाई स्पष्ट धारण राखेको छ, ओली पक्षले एकलौटी रुपमा गरेका निर्णय खारेज र आत्मालोचना गर्नुपर्ने स्पष्ट अडानबाट रहेको छ । नेतृ नीरादेवी जैरु जनताको बहुदलीय जनवादको सिद्धान्तलाई धरापमा पु¥याएका ओलीले आत्मलोचना नगरेसम्म पार्टी एकता हुनै नसक्ने नेपाल पक्षको जिकिर रहेको छ ।
नेपाल भन्छन्, ‘पार्टीको विधान र देशको संविधान नमान्ने व्यक्तिलाई अध्यक्ष मानेर कसरि जाने । उहाँले समीक्षा गर्नुपर्छ कि पर्दैन ? विधान अधिवेशनलाई वैधानिक मानिँदैन, यहाँ व्यक्तिको विषय छैन समग्र पार्टी प्रणालीको कुरा आयो अब त ।’
नेपाल पक्षले उठाइरहेको आवजमा पार्टी मिलाएर जान नसक्ने, संविधानमाथि ‘कू’ गर्ने नेतृत्वकर्तालाई अबको पार्टी महाधिवेशनबाट विदाइ गर्नुपर्ने रहेको छ । अध्यक्ष ओलीले अन्तिम समयसम्म पनि आफूँ नसच्चिए नेपाल पक्ष वृहत कम्युनिष्ट एकता गरेर अघि बढ्ने संकल्पका साथ गृहकार्य गरिरहेको छ ।
नेपाल पक्षले ओली पक्षलाई एमालेभित्रको किचलो मिलाउन फागुन २३ पछिका निर्णयहरु खारेज गर्न अन्तिम पटक अनुरोध गर्ने तयारी गरेको छ । ‘त्यति गर्दा पनि नसच्चिए बृहत् कम्युनिष्ट एकता हुन्छ,’ । नेपाल भन्नुहुन्छ देशव्यपी रुपमा ओलीको भन्दा राम्रो नेत्रत्व बनाएर देखाउने नेपालको ठहर रहेको छ ।