काठमाण्डौं १ भदौ । आज भदौ १ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुईपोखरीबाट मास्क लगाऔं अभियान शुभारम्भ गरिएको हो । माहमारीको रुपपमा फैलिएको कोरोना भाईरस नियन्त्रकालागि ‘मास्क लगाऔं एक अर्कालाई बचाऔं’ भन्ने नाराका साथ ‘नेपाल मास्क कार्यक्रम’ शुरु गरिएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरममा सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयलाई मास्क वितरण गर्दै राष्ट्रव्यापी मास्क अभियान शुरु गर्नु भएको हो ।
कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भएपनि कुैले त्यसको उयोग नगरेको बताए कसैको मास्क गोजीमा, कसैको हातमा र कसैले चिउडोमा राखेर हिड्ने गरेको उहाँको भनाई छ ।
उहाँले भाइरसबाट कसरी सुरक्षित हुन सकिन्छ भनेर रघरमा गएर मास्क लगाउने लगाउने तरीका सिकाउनु पर्ने जिकिर गर्नुभयो ।
दिनदिनै बढ्दै गएको कोरोना भाइरस र तेश्रो लहरको जोखिम बढेको अबस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट शुरु गर्नुपर्ने भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको भनाईरहेको छ ।
बंगलादेशबाट आएको पाँच लाख माक्स २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने भएकाले सबैको घरघरमा गएर माक्स कसरी प्रयोग गर्ने भनेर सिकाउनु पर्ने छ ” नगर प्रमुखे, श्रेष्ठले भन्ने ‘ यसकालागि हामिले १५ जना स्वयंसेवकलाई प्रत्येक घरमा गएर सिकाउनु भनेका छौं’ ।
अमेरिकाबाट आउनलागेको तिन करोड माक्स उपत्यकाका सबै पालिका र देशभरका पालिकामा वितरण गर्ने अभियान रहेको छ । उपत्यका मेयर फोसम मार्फत उक्त माक्स वितरण अभियान चलाईने भएको छ । स्वयंसेवकले घरमा भएका सदस्यका आधारमा माक्स वितरण र्गो छन् । एक घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए १ प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् ।