काठमाडौं २ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल तथा संसदिय दलका २० प्रतिशत सदस्य मिलेर आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यले निवेदन दिनुपर्ने थियो तर शेरबहादुर देउवा सरकारले सो व्यवस्थामा संशोधन गर्दै २० प्रतिशत भए पुग्ने व्यवस्थाका साथ नयाँ अध्यादेश ल्याएको छ ।
शेरबहादुर देउवा सरकारले ल्याएको नयाँ अध्यादेशमा ‘केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य पु–याएर दल विभाजन गर्न सकिने छ ।’–भन्ने कुरा समावेस गरिएको छ ।
माधव नेपाल पक्ष अब राष्ट्रपति विद्यादेवी भण्डारी को अध्यादेश मा अड्किएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी को अध्यादेश जारी गर्नासाथ नेपाल पक्षले नयाँ दल निधारर्ण गर्ने छ ।
नेता जगन्नाथ खतिवडाले भने ‘हामि निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारी अवस्थामा हामी छौं’,‘राष्ट्रपतिबाट अध्यादेश जारी हुने साथ हामि अगि बढ्ने छौं ।’
नयाँ दलको नाम जुराउनेमा अहिले छलफल चलिरहे पनि नेकपा एमाले भने नहटाईने खतिवडाले भने । उन्नले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको जानकारी समेत गराए ।
पार्टीको नामका लागि नेकपा एमाले धेरै नाम जुराए पनि अहिले सम्म यहि राख्ने भनेर टुङ्गो नलागेको समेत खतिवडाले जानकारी दिए ।