काठमाडौँ । बिद्यार्थी भर्नामा हुने गरेको अनियमितता रोक्नका लागि नेपाल विद्यार्थी संघले सिटिइभिटिमा ज्ञापन पत्र बुझाएको छ ।
सिटिइभिटीबाट संचालित कलेजहरुले विभिन्न विषयको अध्यापनमा असुल्ने गरेको चर्को शुल्कलाई अन्त्य गरी नयाँ शैक्षिक सत्रमा जेहेन्दार, गरिब, दलित तथा बिपन्न बिद्यार्थीहरुलाई पढ्न पाउने व्यवस्थाका लागी ने बि संघले ११ बुदे ज्ञापन पत्र बुझाएको हो ।
कलेजहरुमा हुने गरको अनियमिततालाई नजरअन्दाज गरेर बस्न नसकिने र विद्यार्थीको हक हितमा नेवि संघले आवाज बुलन्द पार्ने प्रवक्त सुरज सेजुवालले जानकारी दिएका छन् । आगामी आ.व.को शुल्क सार्वजनिक गरिनु पर्ने, सिटिइभिटिबाट सम्बन्धन पाएका कलेजहरुले विद्यार्थी बिमा लागु गरिनु पर्ने, बर्गीकृत छात्रावृत्ति २० प्रतिशत पुर्याउनु पर्ने लगायतका रहेका छन् ।
नेविसंघ केन्द्रीय सदस्य तथा सिटिइभिटि संयोजक शुसिल खड्काले नेविसंघले सर्वथा विद्यार्थीहरुको हितमा कार्य गर्ने भन्दै सहुलियतमा विद्यार्थीले अध्ययन गर्न नपाइ वञ्चित गराएमा नेविसंघ चुप लागेर नबस्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सिटिइभिटिले लिनु पर्ने वताएका छन् ।