पोखरा । गण्डकी प्रदेसभामा आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । यतिबेला शुक्रबारको बैठक अहिले चलिरहेको छ ।
मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । अहिले प्रदेशसभा सदस्यहरुले विश्वासको मत सम्बन्धी प्रस्तावमा बाेल्ने क्रम चलिरहेको छ ।
नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।