पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले प्रदेश सरकारको अहिलेको गठबन्धन अप्राकृतिक भएको आरोप लगाएका छन् ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतको प्रस्तावमा भएको छलफलमा भाग लिँदै उनले सरकार खिचडीजस्तै भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘जुन पृष्ठभूमिमा यो सरकार बनेको छ, यो अप्राकृतिक र अपवित्र छ । पानीमा तेल मिसिएको जस्तो छ। न पिउन मिल्छ, न गाडीमा हाल्यो भने चल्छ।’
उनले प्रदेशका सांसदले चाहेर भन्दा पनि केन्द्रका केही नेताको इशारामा यो सरकार बनेको आरोप पनि लगाएका छन् ।
‘केन्द्रको रिमोट कन्ट्रोलबाट बनेको सरकार हो यो’, उनले भने, केही सांसद मन्त्री बनेर झण्डा हल्लाउने बाहेक यो सरकारबाट अरु केही हुन सक्दैन । ’