काठमाडाैँ, १ भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापा सहितको धनकुटाको प्रतिनिधि मण्डलले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी भेन्टीलेटर संचालन गर्ने दक्ष विशेषज्ञ डाक्टर सहितको चिकित्सक साथै धनकुटाका सवै जिल्ला वासीहरुलाई पुग्ने काेराेना विरुद्धको खोप पठाउन समेत माग गरेको छ।
नेपाली कांग्रेसका सहहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राईले हस्ताक्षर गरी धनकुटा जिल्लाका सवै जनतालाई पुग्ने खोप पठाउन र भेन्टीलेटर संचालन गर्ने दक्ष विशेषज्ञ डाक्टर सहितको चिकित्सकहरु धनकुटा पठाउन र अन्य स्वास्थ्य सम्वन्धी विभिन्न मागहरु सहितको पत्र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र महाशाखा प्रमुख मदन उपाध्यायलाई बुझाएका हुन्।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र महाशाखा प्रमुख उपाध्याय लाई माग पत्र बुझाउन नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य आनन्द सन्तोषी राई, धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भीम थापा, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व सभापती राजेश्वर वहादुर श्रेष्ठ, यूवा नेता मदन घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा लगायतका धनकुटाका नेताहरुको सहभागीता रहेको थियो।
आफ्नो जिवनलाई अत्यन्तै ठूलो जोखिममा राख्दै अनवरत रुपमा खटिरहनु भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता तथा थप सेवा सुविधा प्रदान गदै उनिहरुलाई सम्मान पदक तथा पुरस्कार समेत व्यवस्था गर्न स्वास्थ्य राज्य मन्त्री श्रेष्ठसंग कांग्रेस धनकुटाका प्रतिनिधिहरुले जोडदार माग समेत गरेका छन ।
धनकुटाका प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्री उमेश श्रेष्ठ र महाशाखा प्रमुख मदन उपाध्यायलाई धनकुटा जिल्लामा क्रियाशिल सत्ता गठबन्धनको निर्णय अनुसार धनकुटा जिल्लाका लागी तत्काल १ लाख ७० हजार कोरोनाविरुद्धको खोप उपलब्ध गराउन र धनकुटा जिल्ला अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय वेडको अस्पतालमा रुपान्तरण गरी बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै धनकुटामा मेडिकल कलेज स्थापना गर्नका लागी समेत माग गरेका छन्।
स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ र महाशाखा प्रमुख मदन उपाध्यक्षले कोरोना विरुद्धको खोप तत्काल पठाउने र तत्काल आई सि यू संचालन गर्ने जनशक्ति एनेस्थिसियनसहित विशेषज्ञ चिकित्सक सहित अन्य चिकित्सकहरु भदाै भरीमा पठाउने र अन्य मागहरु समेत सम्बोधन गर्ने विश्वास दिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताएका छन्।