इटहरी । इटहरीबाट अवैध लागुऔषध खैरोहिरोइन सहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार इटहरीको बेग्ला बेग्लै स्थानबाट सुराकिको आधारमा प्रहरीले चार जनालाइ पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा इटहरी ६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी ८ बस्ने २५ वर्षीय माइकल भनिने शम्भु कार्की र इटहरी ५ बस्ने २० वर्षीय सुजन श्रेष्ठ रहेको इटहरी प्रहरीका प्रमुख डिएसपि अर्जुन केसीले बताए। डिएएसपी केसीका अनुसार उनीहरुको साथबाट २१ ग्राम खैरोहिरोइनसहित नगद ३१ हजार ६ सय रुपैँया समेत बरामद भएको छ।
उनिहरूले प्र. १–०२–०४२ प. ७२९७ नम्बरको मोटरसाइकलमा लागु औषध किनबेच गर्दै गरेको सुराकि पाएपछि प्रहरीले शनिबार नै नियन्त्रणमा लिन सफल भएको इटहरी प्रहरी प्रमुख डिएसपी केसीले बताए। उनिहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको मोबाइल सेट ३ थान , सुन जस्तै देखिने पहेलो धातुबाट निर्मित एक औठि , हर्कमाया थापा नाम गरेको एनएमबी बैँकको खाली चेक, शम्भु कार्कीको नाम गरेको सवारी चालक अनुमति पत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै शनिबार दिउसो नै इटहरीबाट एक ब्याक्तिलाइ खैरो हिरोइन सहित पक्राउ गरिएको छ।
प्रहरीबाट तर्किदै हिडेको देखेपछि शंकालागि नयन्त्रणमा लिदा ति ब्याक्तिको गोजिबाट पनि खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। यसरी पक्राउ पर्नेमा इटहरी ५ बस्ने २१ वर्षीय सनम राई रहेको इटहरी प्रहरीले बताएको छ। उनको साथबाट शय मिलिग्राम अवैध लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ चारै जनालाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यकिय अनुशन्धान प्रकिृया अघि बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।