धनकुटा । धनकुटा जिल्ला अस्पतालमा संचालन भई रहेको निशुल्क स्वास्थ्य शिविरको अनुगमन सम्पन्न भएको छ ।
निशुल्क बृहत शल्यक्रिया शिविरमा ९ औ दिनको दिन ९२ जनाको शल्यक्रिया र ५१ जनाको दातँको उपचार भएको मुल आयोजक समितिका सयोजक रोशेष श्रेष्ठ र अलोहवा मेडिकल मिसिनका टिम लिडर डा. विकास गुप्ताले अहिलेसम्म शिविर संचालनको अवस्था र बाँकी दिनको शिविरको वारेमा जानकारी गराएका थिए ।
धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्को अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा संविधान सभा सदस्यहरु मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, भीमदल गणका गणपती कर्णेल सुमन थापा, सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, सशस्त्र प्रहरी बल छिन्ताग गुल्मका गुल्मपती सुर्दशन भारती, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक होम प्रसाद भारती, धनकुटा अस्पतालका प्रमुख डा. अमिताम ठाकुर, अमित शाह लगायतको उपस्थिति रहेकाे थियाे ।