काठमाडौं, २० साउन । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका । बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।
यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । धेरै सोच विचार गरेर सन्न्यासको निधो गरेको पूर्वकप्तान खड्काले बताए । अब खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया समेत दिए ।
नेपाली क्रिकेटलाई अहिलेको यो अवस्थामा पु¥याएको योगदान नेपाली क्रिकेट प्रेमीहरुले सदैब मुक्तकण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ÷सक्दैन भन्ने खुल्दुली धेरैमा उब्जिएको छ । खड्काल भन्छन् नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरूको सम्भावना धेरै भएको भन्दैे व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।
पूर्वकप्तान पारस आफूले सन्न्यास लिएपनि केही समयभित्रै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आफू रहेको बताए ।