ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मुस्ताङमा सडक स्तरोन्नतिको काम धमाधम हुँदै (फोटो फिचर)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, १५:४४ बजे
मुस्ताङमा सडक स्तरोन्नतिको काम धमाधम हुँदै (फोटो फिचर)
22
SHARES
Share on FacebookShare on Twitter

– सुन्दरकुमार थकाली

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गतका पाँचवटै वडा जोड्ने रिङरोड सडक स्तरोन्नति अहिले धमाधम सुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका दुईवटा रिङरोड सडक स्तरोन्नति भइरहेको छ  ।

मुस्ताङको जोमसोमदेखि धार्मिक, सांस्कृतिक, कृषि र पर्यटकीय सम्भावना बोकेको ठिनी, ढुम्बाताल, छैरो, चिमाङ, मार्फा स्याङ गरी पाँच गाउँलाई जोड्ने ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ ।

सम्झौता अवधि दुई वर्ष रहेको घरपझोङ रिङरोड सडक स्तरोन्नति २६ असार २०७६ देखि सुरू गरिएको थियो । घरपझोङ रिङरोडको सम्झौता अवधि गत २६ असारमा सकिँदा  भौतिक प्रगति २५ प्रतिशतमात्र भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयकाअनुसार बहुवर्षीय सडक आयोजनाअन्तर्गत घरपझोङ रिङरोड सडकको कुल लागत २१ करोड ४३ लाख रुपैयाँ रहेको छ । रिङरोडको पाँच किलोमिटरका दूरी ढुम्बातालसम्म कालोपत्रे गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रवीन चोख्यालले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले चालू आर्थिक वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गरिएको उल्लेख गरेको छ । घरपझोङ रिङरोड सडकको सम्झौता अवधि सकिएकाले कार्यालयले म्याद थपको प्रक्रिया अघि बढाउन गत २५ असारमा  प्रदेश सरकारलाई प्रस्ताव पेस गरेको छ ।

चालू आवमा प्रदेश सरकारबाट घरपझोङ रिङरोडका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन भएको र नपुग थप बजेट प्रदेश सरकारसँग माग गरिएको पूर्वाधार विकास कार्यालयको भनाइ छ । घरपझोङ रिङरोड सडक स्तरोन्नतिको काम जलजला निर्माण सेवाले लिएको हो ।

गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सुरुवाती आर्थिक वर्ष २०७६/७७ सालमा पाँच करोड रुपैयाँ विनियोजन गरिएको थियो। सो आर्थिक वर्ष कोरोना महामारीका कारण रिङरोड सडकको पाँच करोडमध्ये तीन करोड १४ लाख बजेट काम हुन नसकी फ्रिज भएको थियो ।

यस्तै, कोरोना कहरको दोश्रो आर्थिक वर्षमा भने रिङरोड सडकको शतप्रतिशत काम सम्पन्न भएको छ । सो वर्ष प्रदेश सरकारमार्फत विनियोजित तीन करोड ८० लाख बजेटमध्ये तीन करोड ७६ लाख खर्च भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

घरपझोङ रिङरोड कन्स्ट्रक्सनका साइड इञ्चार्ज भुपराज खनालले सुरुवाती चरणको पहिलो वर्षमा कोरोना कहरको कारण काम हुन नसकेको बताए । उनले दोस्रो वर्ष सडक स्तरोन्नतिको काम भएको र बाँकी काम कन्ट्रक्सनले चालू आवभित्रै सक्ने गरी जनशक्ति र उपकरण कार्यक्षेत्रमा खटाइएको बताए ।

मुस्ताङको घरपझोङ रिङरोड सडक स्तरोन्नति सुरू गरिनुअघि साविक जिल्ला विकास समितिले जोमसोम, ठिनी, ढुम्बातालसम्म कच्ची सडक विस्तार गरेको थियो । सोही सडकलाई स्तरोन्नति गर्दै सडक चौडा गर्ने, ग्रेड मिलान गर्ने र सडक बेसका लागि ग्याबिन वाल लगाउनेलगायतको काम भइरहेको छ ।

यस्तै रिङरोड सडकअन्तर्गत निर्माण कम्पनीले ६ किमी सडकमा नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ । जसअन्तर्गत घरपझोङ मार्फाको कालीगण्डकी पारीको भिरालो सतहमा करिब दुई सय मिटर रक कटिङ गरी सडक ट्रयाक खोल्न बाँकी रहेको जनाइएको छ ।   

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist