ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सातौं पटक म्याद थप्ने तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज ११ गते, ७:०७ बजे
सातौं पटक म्याद थप्ने तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
20
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसार माझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा शिलान्यास गरेका राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा हुनसकेको छैन।

तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग ६ अर्ब ८२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भए पनि निर्माण सुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो।

छैटौं पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख अधिकारीले बताए।

‘विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेका छौँ। अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छौं।’

विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ।

विदेशी दक्ष जनशक्तिले विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसकेको छ। धावन मार्ग, टावर, विमानस्थलमा सूचना तथा विद्युतीकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरण, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिनलगायत उपकरण जडान, सुरक्षा पोस्ट सम्पन्न भइसकेको आयोजना कार्यालयले बताएको छ। आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पूर्वानुमान उपकरण, सीसी टिभीलगायत सम्पूर्ण प्रविधि जडान गरिएको आयोजना कार्यालयको दाबी छ।

तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्नेसक्ने छन्। यो विमानस्थल सञ्चालनपछि लुम्बिनीमा वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist