ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कोशी नदिमा बेपत्ता भएका डा.कोइरालाको शव भेटियो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० भदौ २० गते, १५:२६ बजे
सर्पको टोकाइ बाट झापामा एक व्यक्तिको मृत्यु
30
SHARES
Share on FacebookShare on Twitter

इलाम। कोशी नदीमा हामफालेर बेपत्ता भएको आशंका गरिएका झापा दमकका चिकित्सक प्रज्ज्वल कोइरालाको शव भेटिएको छ ।कोइराला हराएको १० दिनपछि बराहक्षेत्र २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको प्रहरी जनाएको छ । माछा मार्ने मान्छेले शव देखेर प्रहरीलाइ खबर गरेका थिए ।प्रहरी गएर शव हेर्दा डा। कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आएको सुरक्षा बेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

माछा मार्ने मानिसले कोइरालाको शव भदौ १९ गते अपरान्ह साढे ४ बजेतिर देखेका थिए । विपद व्यवस्थापन टोलीले साँझ ६ बजे शव ल्याएर धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाएको छ ।डा। कोइराला भदौ १० गते आइतबार बेलुकाको ड्युटी सकेर हिँडेका थिए । बेपत्ता भएको भोलिपल्ट उनी चढ्ने कार चतराको पुलपारि बिहान फेला परेको थियो ।कार राखेको क्षेत्रमा उनी चतराको पुलमा यताउता गरेको र खोलामा टहलाएको सिसीटिभी क्यामेराको फुटेजमा देखिन्छ । गाडी र पुलमा मोबाइल र जुत्ता छाडेर उनी बेपत्ता भएका थिए ।

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा उनको प्रेमी भनिएकी एक युवतीसँग कुराकानी भएको देखिन्छ । ती युवतीसँग बयान लिँदा दुईजनाबीच प्रेम भएको समेत पाइएको छ । दमकको एक फार्मेसीमा काम गर्ने ती युवती डा। कोइराला बेपत्ताको खबर सुनेपछि बेहोश भएको खबर बाहिरिएको थियो ।मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ वर्षीय काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ वर्ष काम गरेका थिए । घटनाक्रम र प्रहरी बयानअनुसार कोइरालाले कोशीमा हामफालेर आत्महत्या गरेको अनुमान गरिएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist