ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

 सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सव सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ असार १८ गते, १९:३१ बजे
 सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सव सम्पन्न
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी शनिबार सम्पन्न भएको  छ । सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सवको अवसरमा असार १८ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

काठमाडौंको हल्चोक स्वयम्भूस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संघका पदाधिकारी तथा सशस्त्र प्र्रहरी अधिकृत एवं विल्लादार जवानहरु गरी कूल ७७ जनाले रक्तदान गरेका छन् । उक्त रक्तदान कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका इकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु सहभागि भएका थिए ।

स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता

यसैगरी असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका विच संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्याल र विभिन्न अस्पतालका प्रतिनिधिहरु विच स्वास्थ्य उपचारमा छुट गर्ने सम्बन्धी सम्झौता आदन प्रदान भएको हो ।

सशस्त्र प्रहरी परिवार महिला सघंको २१औं वार्षिकोत्सवको अवसर पारी सशस्त्र प्रहरी परिवार महिला संघ र चितवन मेडीकल कलेज भरतपुर, नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुर, काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर, बिराट मेडिकल कलेज (टिचिङ्ग अस्पताल) र लर्ड ए बुद्ध एजुकेशन एकेडेमी लिमिटेड (नेपालगंज मेडिकल कलेज) बाँके वीच सम्झौता भएको हो ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरु तथा उनीहरुका परिवारजनले ती अस्पतालहरुमा स्वास्थ्य उपचार  गर्नु परेमा अधितकम् २५ प्रतिशत सम्म छुट पाउने गरी सम्झौता भएको छ ।

मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन

सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सवको पुनित अवसरमा गत असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको हो ।

सो कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी विज्ञ डा. किशोर अधिकारीले सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई मनोपरामर्शका विविध पक्षहरु, अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई हुर्काउदा ध्यान दिनुपर्ने असल अभिभावकीय शिक्षा, तनाव व्यवस्थापन, दैनिक कसरत, योगा र ध्यानले मानसिक स्वास्थ्यमा पुर्‍याउने फाइदाहरु लगायत व्यस्त दैनिकीमा तथा जीवनयापनमा आउन सक्ने विविध मानसिक समस्या र तिनका समाधानबारे प्रशिक्षण दिईएको थियो ।

स्वयम्भूनाथ स्तुपमा द्विप प्रज्वलन

सशस्त्र प्रहरी परिवार महिला संघले राष्ट्रका लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात बीर शहिदहरुको आत्माको चीर शान्तिको कामना गर्दै असार १६ गते स्वयम्भूनाथ स्तुपामा द्विप प्रज्वलन गरेको छ । सो संघकी अध्यक्ष श्रीमती अनिता अर्याल तथा संघका पदाधिकारीहरुले
बार्षिकोत्सवको पुनित अवसरमा सो स्तुपामा द्विप प्रज्वलन गरेका थिए ।

सो अवसरमा सो संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी कर्मचारीहरुले स्वयम्भूनाथ मन्दिरको परिक्रमा समेत गरेका थिए । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ समाज सेवाको पवित्र उद्देश्य लिएर वि.सं. २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रहरुमा सेवामूलक एवं जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम लगायत सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई सीप मूलक तथा आयमूलक विभिन्न तालिम प्रदान गरेका थिए ।

साथै विभिन्न कारण अशक्त तथा असहाय, पीडित बालबालिका एवं बृद्धबृद्धा, प्रकोप पीडितलाई विविध राहत सहयोग तथा सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई निःशुल्क रुपमा आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था समेत मिलाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist