काठमाडौं । नेपाली कांग्रेसले तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने भएकाे छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताहरुबी बुधबार भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंग्याउने सहमति गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे बैठकमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम् संसद मीन विश्वकर्माले जानकारी दिए ।
नीतिसञ्चारसंग कुराकानी गर्दै नेता विश्वकर्माले साे जानकारी दिएका हुन् । प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका क्रियाशील सदस्यतामा देखिएकाे समस्या समाधानपछि मात्र सार्वजनिक गरिने पनि उनले बताए ।
उनले भने, ‘नेताहरुले छलफल गर्नु भएको छ । क्रियासिल विवाद टुंग्याएर भदौ भित्रै नगर र वडाको अधिवेशन सम्पन्न गर्नेगरि काम अगाडी बढ्ने विषयमा सहमति भएको छ ।’
बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ । अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताबारे पनि बैठकमा छलफल भएकाे उनले जानकारी दिए ।