काठमाण्डौं २ भदौ । पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अङ्ग हो । यो एक तर्फ योनीमार्गसँग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघर क्यान्सरको समस्या विश्वमै तेस्रो स्थानमा पर्छ । यसलाई रोकथामका लागि जनवरी महिनामा विश्वव्यपि जनचेतनाका कार्यक्रमहरु भईरहेको पाइिन्छ ।
यधपि नेपालमा भने पपिाठेघरको समस्या एक नम्बरमा पर्छ । विश्व स्वास्थ संगठनका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारणले प्रत्येक दिन पा“चजना भन्दा बढि महिलाको मृत्यु हुने गरेको छ ।
यो राग मुख्यतय एचपिबी भाइरसका कारणले हुने गर्छ । यसका साथै कम उमेरमै बिहे गर्नु र बच्चा जन्माउनु पनि यसको कारक तत्व हुन् । अपरिपक्व अवस्थामा यौनसम्बन्ध राख्नु, व्यक्तिगत सरसफाइको कमीका कारण पनि यो क्यान्सर हुने गर्छ ।
यस्तो राग लागे के कस्ता लक्षण देखा पर्छ ?
– कतिपयको यौनसम्पर्कपछि रगत बग्ने , योनीबाट आवश्यकताभन्दा बढी पानी बग्ने, योनांग दुख्ने–पोल्ने जस्ता लक्षण देखापर्छन् ।
यस रोगको रोकथाम कसरी गर्ने ?
पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिबी भ्याक्सिन दिनुपर्छ । एचपिबी भ्याक्सिन ९ देखि २६ वर्षको उमेरमा लिन सकिन्छ ।
११ देखि १३ वर्ष उमेरमा यो भ्याक्सिन लिनु उत्तम मानिन्छ । नेपालमा गाडासेल भ्याक्सिन चल्तिमा छ । भ्याक्सिन मात्र यो समस्याबाट जोगिने उपाय नभएपनि धेरै हदसम्म कम गर्न भने सकिन्छ । भ्याक्सिनको साथै रोकथामका उपाय पनि अपनाउनु पर्छ । यसका लागि स्क्रिनिङ गर्नुपर्छ ।
स्त्रीरोग विशेषज्ञस“ग परीक्षण गराउनुपर्छ । २१ देखि २९ वर्ष उमेरका महिलाले हरेक ३ वर्षमा १ पटक स्त्रीरोग विशेषज्ञस“ग प्याप स्मेयर परीक्षण गराउनुपर्छ । ३० देखि ६५ वर्षका महिलाले प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण गरेको भए ५ वर्षमा १ पटक परीक्षणको लागि जानुपर्छ । प्याप स्मेयर मात्र गराउने भए ३ वर्षमा १ पटक गराउनु उपयुक्त हुन्छ ।
पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण नै एचपिबी भाईरस भएकाले यो भाइरस असुरक्षित यौन सम्पर्कले हुने गर्दछ । सुरक्षित यौन सम्पर्क र यो भाइरस विरुद्धको भ्याक्सिन प्रयोग गरेमा यो क्यान्सरलाई उन्मूलन गर्न सकिन्छ ।