ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

टोखा – तरकारी र च्याउखेतीको पकेट क्षेत्र बन्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १२:१८ बजे
टोखा – तरकारी र च्याउखेतीको पकेट क्षेत्र बन्दै
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टर वितरण गरेको छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने २२ थान हाते ट्र्याक्टरवितरण गरेको हो ।

नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले किसानको सहजताका लागि ५० प्रतिशत अनुदानमा नगरपालिकाले हाते ट्र्याक्टर सहयोग गरेको राससलाई जानकारी दिनुभयो । टोखाले बुधबार ११ थान र त्यसभन्दा पहिले ११ थान ट्र्याक्टरवितरण गरेको छ । वितरण गरिएका ट्र्याक्टरमध्ये वडा नं १ मा पाँच थान, वडा नं २ मा पाँच थान र वडा नं ३ मा एक थान रहेको छ । एउटा ट्र्याक्टरको मूल्य ४० हजार पर्ने नगरपालिकाले जनाएको छ ।

यस्तै टोखाले किसानका लागि ५० प्रतिशत अनुदानमा धान तथा गहुँको बीउ, टनेल प्लाष्टिक, नमूना प्लाष्टिक घर, विषादीलगायतका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाभित्रका व्यावसायिक किसानलाई भने निःशुल्क तरकारी तथा फलफूलका बीउबिजन वितरण गरिएको कृषि शाखा प्रमुख पाठकले बताउनुभयो । टोखाले २५० कृषकका लागि कौसीखेती तालिमसमेत प्रदान गरेको छ ।

कौसीखेती तालिम प्राप्त गर्ने किसानलाई गमला, मल र बीउबिजन निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगाेलले टोखाले कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत काम गरिरहेको बताउनुभयो । परियोजनाअन्तर्गत टोखाले तरकारी एवं च्याउखेती पकेटको कामलाई अगाडि बढाएको छ । उक्त परियोजना रु २४ लाखको रहेको छ । नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष ०७७-०७८ मा नगरस्तरीय बजेटबाट ५२ लाखभन्दा बढी रकम विनियोजन गरेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist