लहान ४ भदौ । लहानमा आज लागुऔषध ब्राउन सुगर सहित तीनजना लहान प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा लहान नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव, सोही नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा र २५ वर्षीय दीपेन्द्र यादव छन् ।
लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीका अनुसार शंखात्मक अवस्थामा उनिहरुलाई पक्राउ गरेको थियो ।







