कञ्चनपुर ५ भदौ । चार किलो लागु औषध चरेससहित कृष्णपुर नगरपालिका २ प्रगति टोलबाट प्रहरीले शुक्रवार साँझ तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समुह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेकाअनुसार चरेस सहित पक्राउ पर्नेमा कैलालीको धनगढी उप महानगरपालिका ७ का २१ वर्षिय किसोर सिंह, कृष्णपुर नगरपालिका २ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङ छविस पाथिभरा गाउँपालिका ५ का ३२ वर्षिय झलक जाग्री रहेका छन् ।
पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा लुकाई राखेको अवस्थामा चरेस फेला परेको उनले बताए । पक्राउ परेकाहरु माथि अनुसनधानको कार्य भैरहेको छ ।