- विशाल बस्नेत
जलेश्वर । महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन् । कोभिड-१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महाेत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएकाे हाे ।
संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनकाे जिम्मेवारी स्थानीय सरकारलाई दिएकाे हाे । ‘स्थानीय सरकारले जाेखिमकाे आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्,’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।
टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएकाे बताए ।







