ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

हङकङको ‘ह्यान्ड रोल्ड सिगरेट’ चलचित्रमा नेपाली युवा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १९:२८ बजे
हङकङको ‘ह्यान्ड रोल्ड सिगरेट’ चलचित्रमा नेपाली युवा
20
SHARES
Share on FacebookShare on Twitter

हङकङ ।  हङकङको मूलधारको चलचित्र ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भूमिका निर्वाह गरेका छन् । पोखराका विपिन कर्माले सो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका हुन् ।

हङकङको मूलधारको चलचित्रमा अभिनय गरेपछि कर्माको चर्चा पनि चुलिएको छ । सधैं चिनियाँ भाषाका फिल्महरू सञ्चालन हुने सिनेमा घरहरूमा जुन १७ बाट कर्मा अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ चल्नेछ ।

यससँगै हङकङको चलचित्र उद्योगमा चिनियाँबाहेकका कलाकारहरूको प्रवेशको शृंखला पनि सुरु भएको छ । हङकङको सिनेमा घरहरूमा कहिल्यै फिल्म नहेरेका नेपालीहरू पनि कर्मा अभिनीत फिल्म हेर्न उत्सुक देखिएका छन् । आफ्नो समुदायका मानिसले गरेको काम भएकाले पनि गौरव महसुस भएको र टिकटको अग्रिम बुकिङ गर्ने तयारी गरिरहेको हङकङमा रहेका एक नेपालीले बताए ।

फिल्ममा कर्माले हङकङका चर्चित कलाकारहरू गोर्डेन ल्याम, लिङ जिएतोङ, माइकल, ताइबो, बेन युइनलगायतका कलाकारसँग अभिनय गरेका छन् । हङकङ, ताइवान, सिंगापुरमा प्रिमियर हुने फिल्मलाई किङ् लङले निर्देशन गरेका हुन् ।

दक्षिण एसियाली युवाको भूमिकामा विपिनलाई फिल्मको सुरुआतदेखि अन्त्यसम्म नै देख्न सकिन्छ । बेरोजगारी र लागूपदार्थमा युवाको संलग्नता र परिणाम नै फिल्मको मुख्य विषयवस्तु हो ।
अन्य सामान्य लघु फिल्म र विज्ञापनमा अभिनय गरे पनि मूलधारको चलचित्रमा भने कर्माले पहिलो पटक अवसर पाएका हुन् । विगतका केही चलचित्रमा सामान्य भूमिका निर्वाह गरे पनि पछिल्लो भूमिकाले भने चिनियाँ बाहेकका कलाकारको हौसला पनि बढाएको छ ।

एक फिल्म फेस्टिभलमा आफ्नो अभिनय हेरेपछि चलचित्रका निर्देशकले उनलाई अभिनयको प्रस्ताव गरेका थिए । चलचित्रको प्रिमियरमा स्थानीयसँगै आफ्नो समुदायबाट पाएको प्रशंसाले अभिनय कर्ममा निरन्तर लाग्ने कर्मा बताउँछन् ।
गोल्डेन फिल्म फेस्टिभलअन्र्तगत १७आंै एसिया फिल्म फेस्टिभलमा ‘ह्यान्ड रोल्ड सिगरेट’ प्रदर्शन हुँदैछ । यस चलचित्रमार्फत कर्माको अभिनय यात्रा अझ झांगिने विश्वास गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist