जर्मनी । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्मानमा अन्तर्राष्ट्रिय नेपाली समाज भाषा तथा साहित्य समितिले भानु जयन्ती विशेष कार्यक्रम आयोजना गरेको छ।
समितिले आगामी असार २६ र २७ गते जयन्ती विशेष कार्यक्रम आयोजना गरेको समाजका राष्ट्रिय कार्य समिति जर्मनीका अध्यक्ष सुमन बस्नेतले जानकारी दिए।
भर्च्युअल संचालन हुने दुई दिवसीय कार्यक्रमको पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहने समाजले जनाएको छ।
उक्त कार्यक्रममा प्रा. डा. व्रतराज आचार्य प्रमुख वक्ता रहनेेछन्।
त्यसैगरि, आदिकवि भानुभक्त आचार्यका कृतिमा विद्यावारिधी गरेकी ज्ञानु अधिकारी तथा भानुभक्त आचार्यकी बंशज रहेकी प्रभा आचार्य भट्टराईले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमको दोस्रो सत्रमा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार तथा कवि सरुभक्त रहनेछन्। उक्त सत्रमा गजल, कविता, मुक्तक तथा हाइकु रचना वाचन हुने कार्यक्रम रहेकाे भन्ने जानकारी अन्तर्राष्ट्रिय नेपाली समाज भाषा तथा साहित्य समिति अध्यक्ष डा. जानुका पौडेलले जानकारी दिएकी छन्।
कार्यक्रमको परिवेक्षण अन्तर्राष्ट्रिय नेपाली समाज तथा अन्तर्राष्ट्रियस्तरमा रहेका वुद्धिजीविहरुबाट हुने आयोजकले जनाएको छ।
अति राम्रो