ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सामीप्यता बढ्ने डरले पूर्वप्रेमीलाई भेट्न चाहन्न : दीपाश्री निरौला

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ७ गते, १२:५७ बजे
सामीप्यता बढ्ने डरले पूर्वप्रेमीलाई भेट्न चाहन्न : दीपाश्री निरौला
41
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ७ भदौ । दीपाश्री निरौला लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् । अभिनेत्री हुँदै निर्देशनमा लागेकी दीपाले ‘छक्का पञ्जा’ मार्फत निर्देशनमा पाइला टेकेकी हुन् । यसअघि उनी ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताका रूपमा थिइन् ।

डेब्यु फिल्ममै उनले सफलता पाइन् । त्यसपछि ‘छक्का पञ्जा २’ र ‘छक्का पञ्जा ३’ ले पनि सफलताको रेकर्ड बनाउँदै गए । नेपाली फिल्मको बजार तताउने श्रेय दीपासहित दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेलगायतको टिमलाई जान्छ ।

०५४ मा पहिलोपटक फिल्ममा अभिनय गरेकी दीपालाई ‘गाउँले’ चलचित्रमा समावेश गीत ‘गोली सिसाको…’ ले दिलाएको हो । उक्त गीतमा राजेश हमालसँग नृत्य गरेकी दीपाले राम्रो चर्चा बटुलिन् । सो चलचित्र २०५५ तिर रिलिज भएको थियो ।

दीपाले यो सफलता सजिलै भने पाएकी हैनन् । विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमाडौंमा धेरै संघर्ष गरिन् । ०५० सालतिर उनको भेट दीपकसँग भएको हो । रेडियो नेपालमा कामका लागि पुगेकी दीपाले त्यहीँ प्रांगण दीपकलाई पहिलोपटक भेटेकी थिइन् । त्यसपछि यी दुईले सहकार्यको सुरुवात गरे । ‘दीपकलाई धनिया क्यारेक्टर चाहिएको रहेछ र म तराईको भएकाले उसले काम गर्न अफर गर्यो र हामीले सहकार्यको सुरुवात गर्यौं,’ दीपाले भनिन् । त्यही सहकार्यले तीतो–सत्य हुँदै ठूलो पर्दाको चलचित्रसम्म निरन्तरता पायो ।

तर, पनि चाडवाडमा दीपाले आफूलाई कहिलेकाहीँ एक्लो महसुस गर्छिन् । ‘चाडवाडमा सबै परिवारसँग हुन्छन्, म एक्लै हुन्छु त्यसैले आममान्छे झैँ मलाई पनि फिल हुनु स्वाभाविक नै हो,’ दीपाले भनिन् । तर, पछिल्लो समय उनले आफ्नो जिम्मेवारीलाई अझ अगाडि बढाएकी छिन् । दर्शकको विश्वासले गर्दा उनी झन् बढी मेहनती भएकी छिन् ।

किन एक्लै छिन् त ? भन्छिन्, ‘सायद म करियरमा बढी फोकस भएँ । प्रेम पनि बसेको थियो, तर मैले त्यो समयमा करियरलाई नै रोजे । किनकि सानैदेखि मलाई अभिनय गर्छु भन्ने लागेको थियो ।’
उनको पहिलो प्रेम त बस्यो, तर करियर बाधक बन्यो । किनकि उनी फिल्मनगरीमा आफूलाई देख्न चाहन्थिन्, तर उनको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाई प्रयास गर्न देऊ भनेकी थिएँ । किनकि म आफ्नो सपनालाई एकपटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर, उसले मलाई १–२ वर्ष पनि कुर्न सकेन । उसको आफ्नै बाध्यता थियो, मेरो आफ्नै,’ दीपाले भनिन् ।

उनले प्रेमीसँग केही समय मागेकी थिइन्, तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमाबुबा विरामीलगायतका दायित्वका कारण त्यतिबेला जोडी सम्भव नभएको दीपाको भनाइ छ । तर, पनि पहिलो प्रेम अझै उनलाई याद छ । ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुराकानी हुन्छ, तर भेटघाट हुँदैन,’ उनले भनिन् । भेटघाटले सामीप्यता बढाउने भएकाले त्यसो नगरेको उनको भनाइ छ ।

दीपाश्रीले विवाह नगर्ने मनसाय नबनाएकी हैनन्, तर अहिलेसम्म जुरेको छैन । ‘मेरो परिवारलाई पनि मेरो विवाह हेर्ने रहर छ, तर कहिले हुन्छ भन्न सकिन्न,’ उनले भनिन् । उनले दायित्व नभएकै कारण आफूले सफलता प्राप्त गरेको पनि बताउँछिन् । उनी भन्छिन, ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । अरु केही सोच्नुपरेको छैन, त्यसैले मेहनतको सफलता पाएकी छु ।’

जीवनसाथी नपाए पनि आफूले माया गर्ने साथी पाएको उनको भनाइ छ । जोसँगको सहकार्यले उनले आफ्नो सपनालाई मूर्तरुप दिन सफल भएकी छिन् । ‘हाम्रो बीचमा माया छ, तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ, अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने सम्भव भएन, तर हाम्रो मित्रता निकै माथि छ,’ दीपाले भनिन् । यिनै दीपाले आज आफ्नो जन्मोत्सव मनाउँदैछिन् । आजदेखि उनी ४६ वर्षमा प्रवेश गरेकी छिन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist