ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बाढीपहिरोका कारण पाँचथरमा २४ घर विस्थापित (विवरण सहित)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, २२:१९ बजे
बाढीपहिरोका कारण पाँचथरमा २४ घर विस्थापित (विवरण सहित)
20
SHARES
Share on FacebookShare on Twitter

पाँचथर । गत रातिको बाढीपहिरोका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराका कारण जिल्लाको फालेलुङ, याङवरक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका सो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका हुन् ।

उनीहरू आफन्त तथा छरछिमेकीको शरणमा बसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौबीस परिवार विस्थापित भए पनि सात वटा घर पूर्ण र एउटा घरमा आंशिक क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हालसम्म याङवरक–२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको घर, फिदिम–४ का रेशम कटवालको घर, हिलिहाङ–७ का आशिष माझीको होटल, फिदिम–४ का सरध्वज आङ्देम्बेको घर र बङ्गुर फार्म, फालेलुङ–३ का मनप्रसाद राईको पूर्णरूपमा क्षति भएको छ । फालेलुङ–२ का टङ्क योङ्या र वीरबहादुर योङ्याको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीले घर बगाउँदा याङवरक–२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको परिवार विस्थापित भएका छन् । फालेलुङ–३ का मनप्रसाद राई, फालेलुङ–२ का वीरबहादुर योङ्या, फिदिम नगरपालिका–४ हेंवाखोलाका रेशम कटवाल, सोही वडाको माझीटारका सरध्वज आङ्देम्बे, हिलिहाङ गाउँपालिका–७ का मनहाङ कन्दङ्वा, चन्द्र जबेगू, कमला घिसिङ तामाङ र भुवानी योक्पाङ्देनको परिवार विस्थापित भएको छ ।

घरमा पहिराले क्षति पुर्याएपछि फालेलुङ गाउँपालिका–४ का मनबहादुर गुरुङ, पदम गुरुङ, गणेश गुरुङ र टेकबहादुर गुरुङको परिवार पनि विस्थापित भएको छ । घरमा आंशिक क्षति पुगेका फालेलुङ–३ का वीरेन्द्र लिवाङ, राजकुमार लिवाङ, अमृतकुमार लिवाङ र प्रकाश सेलिङको परिवार पनि विस्थापित भएका छन् । उच्च जोखिममा रहेका फालेलुङ–४ का प्रकाश गुरुङ, सिद्धिबहादुर गुरुङ, विष्णु गुरुङ र बेमबहादुर गुरुङको परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको पाँचथर प्रहरीले जनाएको छ । पाँचथरमा पहिरामा परी फालेलुङ–४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई घाइते छन् । बाढीमा अहिलेसम्म यहाँका पाँच जना हराइरहेका छन् ।

बेपत्तामा तल्लो हेंवा जलविद्युत् आयोजनाका सुरक्षा गार्डद्वय हिलिहाङ–७ का ४५ वर्षीय तिलकुमार गुरुङ र फिदिम–११ का हेमराज भनिने २८ वर्षीय सञ्जोग लिम्बू, फिदिम–५ घर भई हेंवा खोलामा गिट्टी कुट्ने ५५ वर्षीय राजकुमार राई, फिदिम नगरपालिका–४ घर भई हिलिहाङ–७ मा बोत्तल हाउस होटल सञ्चालन गर्ने २८ वर्षीय आशिष माझी र उनकी २५ वर्षीया श्रीमती एलिसा माझी छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist