विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लामा बाढी तथा पहिरोमा परेर कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २७ जना हराइरहेको नेपाल प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार पाँचथर र ताप्लेजुङमा तीन-तीन जना एवं भोजपुर र सङ्खुवासभामा एक(एक जनाको शव फेला परेको हो ।
पूर्वी नेपालस्थित बीबीसी संवाददाताहरूका अनुसार प्रभावित जिल्ला तथा स्थानीय तहका अधिकारीहरूले बाढीपहिरोले सडक तथा पुल जस्ता पूर्वाधारमा क्षति पुर्याएको छ । सङ्खुवासभामा सर्वाधिक २१ जना सम्पर्कविहीन भएको नेपाल प्रहरीले जनाएको छ ।
हराएका व्यक्तिको खोजी र उद्धारका लागि प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका मानिसहरूको तत्काल खोजी तथा उद्धार र राहतका लागि सक्रियतापूर्वक लाग्न आइतवार अधिकारीहरूलाई निर्देशन दिएका थिए ।
मनसुन सुरु भएको पहिलो सातामै पूर्वी नेपालमा अविरल वर्षका कारण जनधनको ठूलो क्षति भएको हो ।