काठमाडाैँ, ९ भाद्र । धनकुटालाई एक नम्वर प्रदेशको राजधानी बनाउनु पर्ने माग सहित नेपाली काँग्रेस धनकुटाले प्रधानमन्त्री शेर वहादुर देउवाको गम्भीर ध्यानर्कषण गराउँदै ११ बुदे ज्ञापन पत्र बुझाएको छ।
धनकुटाको विकासको गति रोकिँदै शुन्यता छाउँदै गएकोले पुन गुञ्जायमान बनाउँदै जिवन्तता दिनका लागी बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधान मन्त्री शेर वहादुर देउवासंग भेट गरी ११ बुँदे माग पत्र बुझाएको हो।
नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल र जिल्ला सविच विजय सन्तोषी राईले हस्ताक्षर गरेको ११ बुदे माग पत्र गंभिर ध्यानार्कषण गराउँदै प्रधानमन्त्री देउवालाई भेटको क्रममा धनकुटा कांग्रेसका प्रतिनिधिहरुले बुझाएका हुन्।
प्रधानमन्त्री समक्ष धनकुटा जिल्ला अस्पताल कोशी पहाडी चार जिल्लाका विरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले बिशेषज्ञ स्वास्थ्य सेवा सहित अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय शैयाको अस्पतालमा रुपान्तरण गर्न र धनकुटामा मेडिकल कलेज स्थापना गर्नका लागी प्रधानमन्त्री समक्ष नेपाली कांग्रेस धनकुटाले माग गरेको छ।
धनकुटा जिल्लामा दिनप्रतिदिन तीव्र रुपमा कोरोना भाईरसकाे महामारी फैलिँदै गई मृत्यु हुने मानिसहरुको संख्या समेत बृद्धि हुँदै गएकाले जिल्लाका लागी तत्काल १ लाख ७३ हजार कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।
धनकुटा नगरपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र हिले बजारमा नगरस्तरीय अस्पताल स्थापना गर्न र धनकुटा जिल्ला अस्पतालमा भेन्टिलेटरसहित १० वेडका आईसियू कक्ष स्थापना भएपनि दक्ष जनशक्तिको अभावमा थन्किएर रहेकाले संचालनका लागि जनशक्ति सहित २ जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन समेत नेपाली कांग्रेस धनकुटाले आग्रह गरेकाे छ।
प्रधानमन्त्री शेर वहादुर देउवालाई भेट गरी धनकुटा कांग्रेसको माग पत्र नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल, महासमिति सदस्यहरु अजित नारायाण सिंह थापा, आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु निर्मल ओझा, निलम थापा, महाधिवेशन प्रधिनिधि उदय लिम्बु, यूवा नेता मदन घिमिरे, सम्पर्क समितिका सभापती भीम थापा, नेविसंघ सम्पर्क समितिका सभापती सविन पोख्रेल, कर्मचारी यूनियन धनकुटाका पूर्व अध्यक्ष हरीकृष्ण राजभण्डारी, कल्पना लिम्बु लगायतका नेताहरुले बुझाएका थिए। सो अवसरमा कल्पना लिम्बुलाइ नेपाली काँग्रेसमा पार्टीमा प्रवेश समेत गराइएको थियो।