ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ७ गते, १७:२९ बजे
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल टे«ड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएका योगेन्द्रकुमार कुँवर । तस्बिरः अच्युत रेग्मी

19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्ष कुँवरले चार सय ४१ मत प्राप्त गर्दा यादवले तीन सय ८६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजङ्ग कार्कीले चार सय ६९, उपाध्यक्ष खुलातर्फ गणेशबहादुर केसीले चार सय ३८, ज्योति कोइरालाले चार सय १८, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले तीन सय ९२, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापाले चार सय १२, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठले तीन सय ७५, उपाध्यक्ष ९अनौपचारिक तथा स्वरोजगार) राजेश पालिखेले तीन सय ८६ मत ल्याई विजयी भएका छन् ।

यस्तै, महासचिवमा अजयकुमार राईले चार सय ६४, उपमहासचिव (खुला) बलदेव तामाङले चार सय ६९, जनार्दन भट्टराईले चार सय २८, महिला उपमहासचिव सुशीला घिमिरेले चार सय ३५, उपमहासचिव (सेवा) देवदत्त बडुले चार सय ५७, उपमहासचिव (उत्पादन) कुलबहादुर खड्काले चार सय १६, उपमहासचिव (अनौपचारिक तथा स्वरोजगार) रुक्मणि थापा (अर्चना)ले तीन सय ७६, कोषाध्यक्षमा सञ्जयकुमार दाहालले चार सय २१ र सहकोषाध्यक्षमा रशमाया गुरुङले तीन सय ९८ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

खुला सदस्यमा कमलबहादुर खत्री, कमलकुमार विष्ट, घनश्याम चापागाईं, टेकबहादुर सार्की, माधवप्रसाद उपाध्याय, विष्णुप्रसाद अधिकारी र सुजितविक्रम शाह, महिला सदस्यमा उर्मिलाकुमारी ढकाल पोखरेल, कविता अर्याल, ताराकुमारी राई कार्की, समिता कोइराला, शान्ति धाँमी र शान्ति सिंह (शाह) विजयी भएका छन् ।

सदस्यमा अनिता मण्डल र भजनकुमारी ढुङ्गानाको बराबर मत आएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । उक्त निर्वाचनले युवा समिति, महिला समितिसमेत चयन गरेको छ ।

विसं २०४७ मा कर्मचारी युनियन दर्ता भएपछि कर्मचारी सञ्चय कोष कर्मचारी युनियनको तदर्थ समितिको सदस्यबाट ट्रेड युनियन आन्दोलनमा सहभागी भएका कुँवर विसं २०६५ मा नेपाल ट्रेड युनियन कांग्रेसको सदस्य, विसं २०७० मा कोषाध्यक्ष, २०७५ मा महासचिव निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष कुँवरले सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताएकी छन् । निर्वाचित भएसँगै सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले श्रमिकलाई आर्थिक र सामाजिक रुपान्तरसँग जोडिने बताएकी हुन् ।

उनले आगामी दिनमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गरी त्यसको तागत र आवाजमा राज्यसँग सौदाबाजी गरेर अगाडि बढ्ने उल्लेख गरिन । नवनिर्वाचित अध्यक्ष कुँवरले मुलुकको राष्ट्रिय मुद्दामा नियमनकारी निकायको भूमिकामा रहेर सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताए ।

बुधबार राति भएको मतदानमा देशभरका आठ सय ८० महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनुभएको थियो । उक्त निर्वाचनले पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist